काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजारमा बढेको छ ।
केहि दिनदेखी लगातार घटेको सेयर बजार आज ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ३ अर्ब २९ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ४० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज १३२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


