आइतबार, भाद्र २८ गते २०८३
images

युद्ध बानियाँकाे बर्थडेमा पूजा शर्माकाे सेलिब्रेसन

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 410
    SHARES
  • युद्ध बानियाँकाे बर्थडेमा पूजा शर्माकाे सेलिब्रेसन

    पुस २५ काठमाडौं । नायिका पूजा शर्मा अक्सर चर्चामा रहने नाम हो ।  आफुले दिएका अभिव्यक्तिले होस् वा प्रेम सम्बन्धको चर्चाले होस्, उनी चर्चामा रहने गर्छिन् । फिल्म ‘प्रेमगीत’पछि सफलताको स्वाद चाख्दै आएकी पूजा पछिल्लो समय युद्ध बानियाँसँग प्रेम सम्बन्धमा रहेकोले विषयले चर्चामा देखिन्छन् । 

    images

    आकाश श्रेष्ठसँगको प्रेम टुटेपछि उनी युद्धको प्रेममा परेको भन्दै फिल्मी क्षेत्रमा चर्चा हुन थालेको छ । यस विषयमा पूजा र युद्धले केही बताएका छैनन् । तर, यी दुईको प्रेम सम्बन्ध रहेको अड्कलबाजी फिल्मी क्षेत्रमा चर्चाको विषय बनेको छ । 

    यही बीचमा शनिबार युद्धले आफ्नो जन्मदिन मनाए । युद्धलाई जन्मदिनको शुभकामना दिने क्रममा पूजाले सामाजिक सञ्जालमा एक भिडियो राख्दै लेखिन्, ‘जन्मदिनको शुभकामना साथी ।’ 

    images

    यसपछि शनिबार बेलुका जन्मदिनलाई उत्सवमय बनाउन एक क्लबमा गरिएको सेलिब्रेसनका भिडियो पनि सामाजिक सञ्जालमा देखिए । जस कारण उनीहरूबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजीलाई बल पुर्‍याएको देखिन्छ ।