शनिबार, भाद्र २७ गते २०८३
images

उपत्यकामा भरोसेल खोपको दोश्रो डोज, यी हुन् खोप केन्द्र

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 316
    SHARES
  • उपत्यकामा भरोसेल खोपको दोश्रो डोज, यी हुन् खोप केन्द्र

    काठमाडौँ । उपत्यकामा ३२ वटै वडा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

    images

    निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म  सञ्चालन हुनेछ ।यसअघि महानगरले १२  खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो   । 

    अहिलेसम्म महानगरका ७२ हजार ६४४ कोरोनाबाट सङ्क्रमित भएकामा ६८ हजार ७७१ निको भएका ५१० जनाको मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ सक्रिय सङ्क्रमित छन् ।  

    images