शनिबार, भाद्र २७ गते २०८३
images

जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज कहिले ? यस्तो छ कार्यतालिका  

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 282
    SHARES
  • जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज कहिले ? यस्तो छ कार्यतालिका  

    काठमाडौँ । जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज दिने तयारी भएको छ । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका हुन् ।  भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो।

    images

    स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ । ‘चार,चार लाख गरेर ८ लाख डोज खोप आगामी दुई दिनमा आउँछ र बाँकी ८ लाख डोज खोप १० दिनपछि पठाउने भनिएको छ’ डा. गौतमले भने । साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने उनले बताए । गौतमका अनुसार खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

    फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।

    images

    अहिले भेरोसेलको दोस्रो डोज खोप अभियान चलिरहेको छ । ‘यो अभियान सकिनेबितिकै हामी दोस्रो डोजको पर्खाइमा रहेका जेष्ठ नागरिकलाई खोप दिने गौतमले बताएका छन् ।