शनिबार, भाद्र २७ गते २०८३
images

देशभर थप ३२१८ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

एक्सप्रेस पाना
श्रावण २३, २०७८ शनिबार
  • 272
    SHARES
  • देशभर थप ३२१८ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

    काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।

    images