शनिबार, भाद्र २७ गते २०८३
images

दार्चुलामा भेटियो स्क्रब टाइफस,  कति पुगे बिरामी ?  

एक्सप्रेस पाना
श्रावण २५, २०७८ सोमबार
  • 310
    SHARES
  • दार्चुलामा भेटियो स्क्रब टाइफस,  कति पुगे बिरामी ?  

    काठमाडौँ । दार्चुलाका विभिन्न स्थानीय तहमा स्क्रब टाइफसका बिरामी देखिन थालेका छन्। जिल्लाका ९ स्थानीय तहमध्ये महाकाली नगरपालिका तथा व्यास र मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसका बिरामी देखिएका छन्। जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीहरूमा स्क्रब टाइफस भेटिएको हो।

    images

    जिल्ला अस्पतालका अनुसार ६ महिला र दुई जना पुरुषमा स्क्रब टाइफस देखिएको छ। अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार महाकालीका ६ जना तथा मालिकार्जुन र व्यास गाउँपालिकामा एकरएक जनामा स्क्रब टाइफस देखिएको हो। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरूको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ।

    पुरुषको तुलनामा महिलाहरूमा स्क्रब टाइफसका बिरामी बढी भेटिन थालेको छ। महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा घाँस तथा स्याउला संकलन गर्ने भएका कारण स्क्रब टाइफसको जोखिममा रहेको अस्पतालले जनाएको छ। गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो। जसमध्ये २५ जना महिला थिए।

    images