शनिबार, भाद्र २७ गते २०८३
images

पोखराका पर्यटन व्यवसायी र मजदूरलाई खोप

एक्सप्रेस पाना
श्रावण २८, २०७८ बिहीबार
  • 287
    SHARES
  • पोखराका पर्यटन व्यवसायी र मजदूरलाई खोप

    नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा आज पोखराका पर्यटन व्यवसायी र मजदूरलाई औपचारिकरूपमा कोभिडविरुद्धको खोप लगाउने अभियाने शुरु भएको छ ।
    गण्डकी प्रदेश पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा र कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई कार्ड हस्तान्तरण गर्दै खोप अभियानको शुरुआत गर्नुभएको हो । 
     
     पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कार्यक्रममा प्रदेशका अन्य १० जिल्लामा पनि निकट भविष्यमा खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै खोपका कारणले कोही पनि निराश नबनी, उच्च मनोबलका साथ आआफ्नो सेवामा जुट्नका लागि सबैमा अनुरोध गर्नुभयो ।

    images

     पर्यटन व्यवसायीले धेरै अगाडिदेखि खोपको माग गर्दै आएकामा वर्तमान सरकारले उहाँहरूको मागअनुसार सम्बोधन शुरुआत गरेको बताउँदै कानूनमन्त्री थापाले व्यवसायीको मागलाई निरन्तररूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खोपको लागि विभिन्न पाँच वटा केन्द्रको व्यवस्था गरिएको थियो ।
     
     नेपाल पर्यटन बोर्डमा टान, पश्चिमाञ्चल क्षेत्रिय सङ्घ, एनएमए, ओटेफ र टेवान, माउन्ट कैलाशमा रेवान पोखरा र नेपाल हवाई खेलकूद संस्था, होटल बाराहीमा पश्चिमाञ्चल होटल सङ्घ र पोखरा पर्यटन परिषद्, बोम¥याङ रेष्टुरेन्टमा नाट्टा गण्डकी प्रदेश, एगा पोखरा, टेसा पोखरा, एनटिभीए र द बीच रिसोर्टमा भिटोफ, मनि चेन्जर, स्पा, डुङ्गा एशोसिएसन, टुरिष्ट बुक सप, सिटी टुर गाइड, अखिल मजदूर सङ्घ, युनिट्राभ र फेवा पर्यटन विकास समिति, थान्का एण्ड प्रिन्टिङ, नेशनल टुर गाइडलगायतलाई खोप लगाउने व्यवस्था मिलाइएको परिषद्का कार्यवाहक अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

     गण्डकी प्रदेशका मुख्य पर्यटन केन्द्र पोखरामा आजदेखि पर्यटन व्यवसायी र मजदूरलाई औपचारिकरूपमा कोभिडविरुद्धको खोप अभियान शुरु भएकामा खुशी व्यक्त गर्दै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि खोप अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । आज पोखरा पर्यटन परिषद्मार्फत दुई हजार ५०० खोप वितरण भएको हो भने उद्योग वाणिज्य सङ्घ र अन्य व्यावसायिक सङ्घसंस्थाले भोलिदेखि क्रमशः खोप कार्यक्रम शुरु गर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस

    images