आइतबार, कार्तिक १६ गते २०८३
images
images

‘कबड्डी ४’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

एक्सप्रेस पाना
बैशाख १४, २०७९ बुधबार
  • 823
    SHARES
  • ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

    वैशाख १४ काठमाडौं । राम बाबु गुरुङको बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’को ट्रेलर रिलिज भएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका ‘कबड्डी ४’को ट्रेलर बुधबार सुष्मा प्रोडक्शन ग्लोबल युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक ट्रेलरमा यो पटक पनि मुख्य पात्र काजी (दयाहाङ राई)को विहे हुन्छ कि हुदैन भन्ने कुरालाई सस्पेन्समै राखिएको छ ।

    images

    काजी (दयाहाङ राई)को लभ स्टोरीलाई कमेडी र भावनात्मक रुपमा प्रस्तुत गर्दै आएको यो फिल्मको पहिलो सिरिजमा मैया सोल्टिनी शहरको स्यालसँग भागेकी थिइन् । तैपनि काजीले शहर गएर फर्काएर ल्याए । त्यस्तै फिल्मको दोस्रो सिरिजमा मैया सोल्टिनी बमकाजीसँग भागिन् ।

    त्यस्तै फिल्मको तेस्रो सिरिजमा पनि काँशी सोल्टिनी आएर आस मात्रै देखाइन् । उनी पनि भागिन् । तर, फिल्मको चौथो सिरिज ‘कबड्डी ४’मा भने काजी (दयाहाङ)को विहे हुन्छ कि ? भन्ने सबैमा कौतुहलता छाएको छ । फिल्मको भर्खरै सार्वजनिक ट्रेलरमा भने काजीको विहे हुन्छ कि हुँदैन ? भन्ने कुरालाई सस्पेन्समै राखिएको छ ।

    images

    त्यसैले अब काजीको विहे हुन्छ कि हुदैन भन्ने सस्पेन्स थाहा पाउनका लागि जेठ १३ नै कुर्नुपर्ने भएको छ । आगामी जेठ १३ बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘कबड्डी ४’मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मणि नेपाल, जयनन्द लामा, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, सारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनीमाया गुरुङ, उपेन्द्र सुब्बालगायतको अभिनय रहेको छ ।

    फिल्मलाई विशाल गुरुङ, सुश्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओम चन्द्र रौनियरले निर्माण गरेका हुन् ।

    भिडियो :