आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

एक्सप्रेस पाना
जेठ १७, २०७९ मंगलबार
  • 278
    SHARES
  • सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

    एजेन्सी । अफ्रिकी देश चाडकाे उत्तरी क्षेत्रमा रहेकाे एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा  हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ । 

    images

    १० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए ।  घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए ।