आइतबार, कार्तिक १६ गते २०८३
images
images

जर्मनीमा रेल दुर्घटनमा हुँदा चार जनाको मृत्यु

एक्सप्रेस पाना
जेठ २१, २०७९ शनिबार
  • 325
    SHARES
  • जर्मनीमा रेल दुर्घटनमा हुँदा चार जनाको मृत्यु

    एजेन्सी । जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए ।

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन् । दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो ।

    images