जेठ २३ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४८ जनामा गरिएको नमुना परिक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोहि समयमा ८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १०९ जना रहेको मन्त्रालयले जनाएको छ । भने सोही समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

