जेठ २६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना संक्रमित पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५३ जनामा कोरोना परिक्षण गर्दा थप २२ जना कोरोना संक्रमित थपिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ९ जना कोरोना मुक्त भएका छन्, भने सोही समयमा कोरोनाका कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

