आइतबार, कार्तिक १६ गते २०८३
images
images

गाँजा नष्ट गर्दै जुम्ला प्रहरी

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 295
    SHARES
  • गाँजा नष्ट गर्दै जुम्ला प्रहरी

    जुम्ला, ५ भदौ ।  जुम्ला सदरमुकामा  खलंगामा प्रहरीद्धारा प्राकृतिकरुपमा उम्रिएका गाँजाको बोट नष्ट गरिएको छ । चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ स्थित  चन्नदननाथ बाबाको सेरा ज्युलो, बसपार्क,  भारतीवाडा, हस्पिटल लाइन  र जुगाड खोलाको आसपासको  स्थानहरुमा उम्रिएको गाँजा सुरक्षा निकायको टोलीले नष्ट गरेको हो  । 

    images

    शनिबार प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख  (डिएसपी) दानबहादुर थापा  नेतृत्वको सुरक्षा निकायको टोलीले संयुक्त रुपमा उक्त गाँजा नष्ट गरेको हो । 

    जुम्ला स्थित  नेपाल प्रहरी , सशस्त्र प्रहरी, नागरिक समाज र  नेपाली सेनाका जवान परिचालन गरी गाँजा नष्ट अभियान चलाएका हुन् । गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका आपराधिकजस्ता क्रियाकलाप हुने भएकोले  गाँजा जुम्ला बजार लगायत अन्य ठाउँहरुमा पनि  लगाएका वा आफैँ उम्रिएका गाँजा तुरुन्तै नष्ट गरिने प्रहरी नायव उपरीक्षक थापाले बताए  । 

    images

    जुम्लामा गाँजा खेती नभए पनि प्राकृतिरुपमा बारीमा उम्रिएको गाँजा सम्भावित स्थानहरुको खोजी गरि प्रहरीले नष्ट गरेको हो । गाँजा खेती नष्ट गर्न नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी  लगायत संयुक्त सुरक्षा फौजलाईसमेत परिचालन गरिएको  छ । 

    गाँजा नष्ट गर्न जिल्लाभरका  प्रहरी चौकी र प्रहरी इकाइलाई  निर्देशन दिइएको प्रहरी नायव उपरिक्षक थापाले बताए  । शनिबार सुरक्षा निकायको टोलीले करिब तीन  बिगाह  क्षेत्रफलमा रहेको गाँजाको बोट नष्ट गरेको छ ।  

    भदौ दोस्रो वा तेस्रो सातादेखि गाँजा परिपक्व भएपछि कारोबारीहरुले संकलन गर्ने गर्छन् । गाँजा लागुऔषधको रुपमा प्रयोग हुने गरेकाले प्रहरीले भदौको पहिलो सातामै  नष्ट गरिदिएको हो । 

    राम्रोसँग फस्टाएको एउटा बोटबाट आधा किलोदेखि एक किलोसम्म तयारी अवस्थाको गाँजा उत्पादन हुने बताइन्छ । यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पु¥याउन सकेको अवस्थामा कारोबारीहरुले प्रतिकिलो ११ हजार भारतीय रुपँयाँसम्ममा विक्री गर्ने गरेको पाइन्छ  । न्युज कारखाना