बुधबार, भाद्र २४ गते २०८३
images

वैकल्पिक बाटो सुधारको काम सुरु

एक्सप्रेस पाना
जेठ २७, २०७९ शुक्रबार
  • 656
    SHARES
  • वैकल्पिक बाटो सुधारको काम सुरु

    जेठ २७ मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका हुँदै इन्द्रावती–पाँचपोखरी जाने अस्थायी ह्युमपाईप बगाएपछि वैकल्पिक बाटोको सुधारको काम सुरु गरिएको छ । 

    images

    वैकल्पिक सडकको रुपमा मेलम्ची– १० को वडा कार्यालय बडहरे, सञ्जेलटार हुँदै बाहुनेपाटी पुग्ने सडकको शुक्रबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरीक्षण गरेका छन् । 

    उनले खोला किनारको बाटो भन्दा यो सडक राम्रो रहेकाले ग्राबेल हाल्ने, सडक चौडा गर्ने, ह्युमपाइप राख्ने कार्यगरी यातायात सहज सञ्चालनका लागि कार्य गर्न निर्देशन दिएका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # मेलम्ची