आइतबार, कार्तिक १६ गते २०८३
images
images

अफगानिस्तानबाट करिब ६ सय नेपाली स्वदेश फर्किए 

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 279
    SHARES
  • अफगानिस्तानबाट करिब ६ सय नेपाली स्वदेश फर्किए 

     

    images

    भाद्र ५ काठमाडौं । पछिल्लो समय तालिबानले सत्ता कब्जा गरेपछि अहिलेसम्म अफगानिस्तानबाट करिब ६०० जना नेपाल फर्किएको गृहमन्त्रालयले जानकारी दिएको छ । 

    गृहमन्त्रालयका अनुसार शनिबार पनि अफगानिस्तानबाट दुईवटा उडानमा नेपाली आएका छन्। दुईवटा उडानमा २७ र ९  गरी जम्मा ३६ जना नेपाल आइएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    images

    पोखरेलका अनुसार एक सातामा ५२२ फर्किएका छन् । थप ३१७ जना नेपाल फर्कनका लागि नाम टिपाएका छन् । शनिबार राति पनि अफगानिस्तानबाट केही नेपाली स्वदेश फर्किने उडान तालिका रहेको पनि पोखरेलले जानकारी दिए ।