एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत आज चार खेलहरु हुँदैछन् । जारी नयाँ सिजन २०२१र२२ को दोस्रो खेलहरुमा आज ८ क्लब प्रतिस्पर्धामा रहेका छन् ।
उपाधि दाबेदार टोली बार्सिलोना पनि प्रतिस्पर्धामा रहेको छ । नेपाली समयअनुसार आज राति ८स्४५ बजेबाट सुरु हुने पहिलो खेलमा एलाभेसले मार्लोकासँग खेल्नेछ । यो खेल एलाभेसको मैदानमा हुनेछ । त्यस्तै दोस्रो खेलमा राति ११स्१५ बजे ग्रानाडाले भ्यालेन्सियाको सामना गर्दैछ । त्यस्तै इस्पानोयलले भिल्लारियलसँग समान ११स्१५ बजे खेल्नेछ।
त्यस्तै आज राति हुने अन्तिम खेलमा क्टलान क्लब बार्सिलोनाले एट्लेटिक क्लबसँग राति १स्४५ बजे खेल्नेछ ।
यस्तै गएराति भएको खेलमा रियल बेटिस र कार्डिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको मैदानमा खेलको ११ औं मिनेटमा कार्डिजका अल्भारो सान्सेजले पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । तर रियल बेटिसका जुआन लोपेजले २२ औं मिनेटमा बराबरी गोल फर्काए । खेल एकरएक गोलको बराबरी भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।
जारी सिजन पहिलो एक एक खेलमा रियल मड्रिड ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । भने समान अंक भएको सेभिल्ला, बार्सिलोन, एथलेटिको मड्रिड क्रमशः दोस्रो ,तेस्रो र चौथो स्थानमा रहेका छन् ।
.jpg)


