बुधबार, कार्तिक १९ गते २०८३
images
images

जि.स.स सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचीत

एक्सप्रेस पाना
जेठ २९, २०७९ आइतबार
  • 395
    SHARES
  • जि.स.स सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचीत

    जेठ २९ चौतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ ।

    images

    आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् । यता प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश वि.कले १० मतप्राप्त गरे । यस्तै १ मत खाली रहेको थियो ।

    कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनकालागि कुल २४ मतदाता रहेका छन् ।

    images

    उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयीहुनुभयो । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवालले ११ मत प्राप्तगर्नुभयो । समन्वय समितिको सदस्यमा समाजवादीबाट एक  र काग्रेस बाट ६ जना १३/१३ मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रकास तिवारीलेजानकारी दिनुभयो ।जित बहादुर कार्की,बलराम केसि, विक्रम तामाङ, अम्बिका बस्नेत ,ढक माया सेतो कोईराला, सोममायाश्रेष्ठ, तारा नेपाली सदस्यमा विजयी भए ।साभार: रेडियो मेलम्ची