आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुई सय वर्ष पुरानो राधा कृष्ण मन्दिर पुनर्निर्माण

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 310
    SHARES
  • दुई सय वर्ष पुरानो राधा कृष्ण मन्दिर पुनर्निर्माण

    भाद्र ५ भक्तपुर । सूर्य विनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

    images

    पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा पुरातत्त्व विभाग तथा दरबार हेरचार कार्यालय भक्तपुरले पुनर्निर्माण सम्पन्न गरेको उक्त मन्दिरको आज भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभयो । 

    उहाँले भक्तपुरमा महाभूकम्पले ढालेका र जीर्ण बनाएका अधिकांश मठमन्दिर, सम्पदा र सत्तलहरू छिटो पुनर्निर्माण गर्न आफूले चालेको अभियान तथा पहलले सार्थकता पाएको बताउनुभयो ।

    images

    उहाँले भन्नुभयो, “भूकम्पले ढालेका अधिकांश मठमन्दिर, पाटी, सत्तल, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाका भवनहरूले पुनर्जीवन पाएका छन्, त्यसका लागि मैले सरकार र पुनर्निर्माण प्राधिकरणसँग गरेको पटक पटकको प्रयासले सार्थकता पाएको छ ।” 

    उहाँले सूर्य विनायक नगरपालिका क्षेत्र आफैमा सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएकाले सरकारले यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै यहाँको विकासले कोल्टे फेरेसँगै सबैको आकर्षण बनेको बताउनुभयो । 

    कार्यक्रममा सूर्य विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको बताउँदै शिव सर्किटलाई पूर्णता दिन नगरपालिका लागिरहेको छ भन्नुभयो । 
    सङ्घ, प्रदेश र नगरपालिकाको बजेटले सूर्य विनायक नगरपालिका क्षेत्रको विकासले चार वर्षमै फड्को मारेको उहाँले बताउनुभयो ।