आइतबार, कार्तिक १६ गते २०८३
images
images

सोच्नै नसक्ने गरी घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ ३१, २०७९ मंगलबार
  • 321
    SHARES
  • सोच्नै नसक्ने गरी घट्यो सुनको मूल्य

    जेठ ३१ काठमाडौं । साताको तोस्रो दिन सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो ।     

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।