बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

एक्सप्रेस पाना
जेठ ३१, २०७९ मंगलबार
  • 312
    SHARES
  • राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

    जेठ ३१ काठमाडौं । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ । 
      
    सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।
     
    सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको उल्लेख छ ।

    images