शनिबार, भाद्र २७ गते २०८३
images

नेपाल आइपुग्यो आठ लाख डोज कोरोना खोप

एक्सप्रेस पाना
आषाढ २५, २०७८ शुक्रबार
  • 411
    SHARES
  • नेपाल आइपुग्यो   आठ लाख डोज कोरोना खोप


    २५ असार, काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ ।

    images

    नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो ।

    नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।

    images

    पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।