आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेटौंडाको मुख्य बजारकै सडकपेटी व्यापारीको कव्जामा

एक्सप्रेस पाना
आषाढ १, २०७९ बुधबार
  • 384
    SHARES
  • हेटौंडाको मुख्य बजारकै सडकपेटी व्यापारीको कव्जामा

    असार १ हेटौंडा । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको मुख्य बजारकै सडकपेटी व्यापारीको कव्जामा रहेका छन् ।

    images

    हेटौंडाको बुद्धचोकदेखि पिपलबोटसम्म र बुद्धचोकदेखि खोपगल्लीसम्मको मुख्यचोक कै सडकपेटी व्यवसायीको कब्जामा रहेको छ । सडकको दायाँ बायाँ बटुवा र पैदलयात्रीलाई यात्रा गर्न सहज होस भनेर सडकछेउ राखिएका सडकपेटी व्यवसायीलाई आफ्नो व्यवसाय गर्ने थलो भएको छ ।

    लामो समयदेखि सडमपेटीसम्म पसलका सामान राखेर पैदलयात्रीले सहज रुपमा यात्रा गर्न नसकिरहेको अवस्थामा समेत सरोकारवालाहरुले समस्या समाधान गर्ने कुनै चासो देखाएका छैन । सडकपेटीमा कहि सोटरसाइकल पार्किङ्ग गरिएका छन् त कहि खाल्डाखुल्डी रहेको छ । हेटौंडाका सडकपेटी पैदल यात्रुका लागि असुविधाजनक मात्र नभएर ज्यान नै जाने जोखिम बनेका छन् । सडकपेटीभरी खाल्डाखुल्डी, यत्रतत्र छाडिएका तार तथा पोल र निर्माणका समानले भरिएका छन् ।

    हेटौंडामा पार्किङ्गको व्यवस्थापन हुन नसक्दा सडकपेटी पार्किङ्ग स्थल बनेका छन भने पैदलयात्री सडकबाटै यात्रा गर्न बाध्य छन् ।पसलका सामान अस्तव्यस्त रूपमा सडकपेटीमा राखिदिँदा पैदल यात्रु सवारी गुड्ने सडकबाट हिँड्न बाध्य भएका छन् भने त्यसले दुर्घटना निम्त्याएर ज्यानै जाने खतरा बढेको छ ।

    हेटौंडाका अधिकांश ठाउँमा सडक पेटी नै मिचेर भवन निर्माण गरिएको पाइएको छ भने उपमहानगरपालिकाले त्यसको व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको छैन । हेटौंडाका व्यवस्थित बनेका सडकपेटीमा भने हरियाली र फूल राखिएका गमला नै पैदलयात्रुका लागि सहज यात्रा गर्न बाधक बनेका छन् ।

    हेटौंडा बजारको अधिकांस चोक र गल्लिमा सडकपेटी व्यापारीको व्यापार गर्ने थलो बनेको छ। बुद्ध चोकदेखि कान्तिलोक पथसम्म किराना पसल, कान्तिलोक पथदेखि सानो पोखरा चोकसम्मका मुख्य बजार क्षेत्र कै सडकमा दायाँ बायाँ सडकपेटी हाडवेयर पसलको व्यापार गर्ने थलोको रुपमा रुपान्तरण हुदै गएको छ ।

    यसरी सडकपेटी व्यापारीको कव्जामा रहँदा समेत हेटौंडा उपमहानगर र नगरप्रहरी निरिह देखिएका छन् । हेटौंका नगरप्रहरी व्यापारीले कव्जा गरेको सडकपेटी देख्दैन । हेटौंडामा पार्किङ्गको उचित व्यवस्थापन र सडकपेटीमा व्यापारीलाई व्यापार विस्तारमा उपमहानगरले उचित कदम नचालेसम्म हेटौंडाका सडकपेटी पैदलयात्री मैत्री नहुने देखिन्छ ।