असार १ काठमाडौं । सताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको यथावत छ । आज सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रूपैयाँ घटेको हो। केही दिन यता सुनको मूल्यमा गिरावट देखिएको छ। यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी सोही मूल्यमा कारोबार भएको थियो। बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
.jpg)


