आइतबार, कार्तिक १६ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु 

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 246
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु 

    भाद्र ६ काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

    images

    गएराति साढे १० बजे दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो।

    प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७ ५६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साहको ज्यान गएको हो ।

    images

    यस्तै, ५३३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैना देवी साहको पनि ज्यान गएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।