बुधबार, कार्तिक १९ गते २०८३
images
images

जिसस दोलखामा माओवादी केन्द्र प्रमुख र एकीकृत समाजवादी उपप्रमुखमा विजयी

एक्सप्रेस पाना
आषाढ १, २०७९ बुधबार
  • 344
    SHARES
  • जिसस दोलखामा माओवादी केन्द्र प्रमुख र एकीकृत समाजवादी उपप्रमुखमा विजयी

    असार १ दोलखा । जिल्ला समन्वय समितिमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का बर्जुराम घतानी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का दोर्जी शेर्पा विजयी हुनुभएको हो ।

    images

    कूल १८ मतमा गठबन्धनका प्रमुख र उपप्रमुखले ११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गर्नुभयो । सदस्यहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचित हुनुभएको छ ।