बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रिय प्रजातनन्त्र पार्टी मकवानपुरले गर्यो प्रदेश तहको खारेज

एक्सप्रेस पाना
आषाढ १, २०७९ बुधबार
  • 344
    SHARES
  • राष्ट्रिय प्रजातनन्त्र पार्टी मकवानपुरले  गर्यो प्रदेश तहको खारेज

    हेटौंडा । राष्ट्रिय प्रजातनन्त्र पार्टी मकवानपुरले प्रदेश तहको खारेज, हिन्दु राष्ट्र कायम लगाएतको माग राख्दै आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । र्याली सहित जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर राप्रपाले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । राप्रपाले १९ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको हो । राप्रपाले बुझाएको ज्ञापनपत्रमा किसानलाई तत्काल मल, विउ उपलब्ध गराउनुपर्ने, नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्नुपर्ने, प्रदेश तहको खारेज गरिनुपर्ने, स्थानीय सरकारलाई बलियो बनाईनुपर्ने, महिला तथा वालवालिकाको क्षेत्रमा हुने विभेदको अन्त्य गरिनुपर्ने, विदेशमा रहेका नोपालीले मतदान अधिकार प्रयोग गर्न पाउनुपर्ने, संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गर्नुको साथै राज संस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, माग राखिएको छ । आफुहरुको माग जायज रहेकोले ति मागहरु पुरा गर्नको लागि सरकार लाग्नुपर्ने राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपाका नेता दीपक बहादुर सिंह, बागमती प्रदेशका सचिव गुञ्जन बहादुर न्यौपाने, पुर्व जिल्ला अध्यक्ष रामहरी न्यौपाने लगाएतको टोली पुगेको थियो ।

    images