आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुरक्षा निकाएको रासन भत्ता बढेन

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 290
    SHARES
  • सुरक्षा निकाएको रासन भत्ता बढेन

    भाद्र ६ काठमाडौं । अघिल्लो सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सुरक्षाकर्मीको रासन भत्ता १५ प्रतिशतले बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ ।

    images

    देउवा सरकारले अघिल्लो सरकारले बढाएको तलबलाई मान्यता दिएर निकासा गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिए पनि रासन भत्ताको बारेमा भने सरकार मौन भएपछि दुवै सुरक्षा निकायका लेखा अधिकृतहरू अलमलमा परेका छन् ।


    रासनभत्ताको स्केल बनाउँदा बढेको बनाउने कि पुरानै दरमा बनाउने ती अधिकृतहरू अलमलमा परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सबै सुरक्षाकर्मीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने केपी ओली सरकारको निर्णयलाई शेरबहादुर देउवा सरकारले बेवास्ता गरेपछि अघिल्लो सरकारले घोषणा गरेको कार्यक्रम अलपत्र पर्ने हो कि भन्ने चिन्ता सुरक्षाकर्मीले लिएका छन् ।

    images

    सरकारले बढेको रासनभत्ता रोकेपछि पुरानै रासनभत्ता वितरणको तयारी गरेको एक लेखा अधिकृतले जानकारी दिए ।