असार १ हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा सहित मकवानपुरको विभिन्न स्थानीय तहहरुमा नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र स्टेट पार्टनरसिप एसपीपी कार्यक्रम विरुद्ध मसाल जुलुस सहित विरोध प्रर्दशन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टी मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको बुद्धचोक,बकैयाको साततले,बागमतीको झुरझुरे,मनहरीको सुनाचुरी,थाहाको ओखरबजार र भीमफेदीको सुपिङमा एमसीसी र एसपीपी विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो ।
नेकपा बहुमत मकवानपुरका जिल्ला सदस्य प्रलादले एमसीसी र एसपीपी दुबै सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गरेका छन् । हेटौंडामा भएको मजाल जुलुसको कोणसभामा बोल्दै उनले एमसीसी र एसपीपी दुबै सम्झौता खारेज नगरे राष्ट्रिय स्वाधिनताको लागि नेपाली जनता पुनः एक पटक जनमुक्ती सेना बनेर सर्घष गर्ने बताए ।
.jpg)


