आइतबार, कार्तिक १६ गते २०८३
images
images

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 231
    SHARES
  • भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

    भाद्र ६ काठमाडौं । भेरी अस्पताल नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक दुई जना सुर्खेत र दाङ जिल्लाका रहेका छन्।

    images

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ का ७१ वर्षीय पुरुष र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो।


    सिम्ताका ७१ वर्षीय पुरुषलाई भदौ १ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको शनिबार राति १२:२० बजे मृत्यु भएको छ। तुलसीपुरका ५५ वर्षीय पुरुषको साउन २७ गते पीसीआर गरिएको थियो भने २८ गते भेरीमा भर्ना गरिएको थियो।

    images

    उनको आइतबार बिहान पाँच बजे मृत्यु भएको छ। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय ९३ जना संक्रमितको मृत्यु भएको छ।