आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेलम्ची नगरपालिका ८ केउरानीमा ३४ घर पहिरोको उच्च जोखीमा

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 283
    SHARES
  • मेलम्ची नगरपालिका ८ केउरानीमा ३४ घर पहिरोको उच्च जोखीमा

    भाद्र ६ मेलम्ची ।  लगातार आएको अविरल बर्षाको कारण मेलम्ची नगरपालिका ८ केउरानीका ३४ घर जोखीममा परेका छन् ।
    पहिराका कारण खैरेका २७ र छाँयालीका ७ घर जोखीममा परेका हुन्। स्थानिय बासी कान्छामान दोङका अनुसार गत बर्ष देखिनै पहिरो जान थालेको ठाँउमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीय त्रसित भएको उहाँले बताउनुभयो । पटक पटक वडाका प्राविधीकलाई यसबारे जानकारी गराँउदा पनि चासो नदिएको उँहाले गुनासो गर्नुभयो ।

    images

    खैरेका २७ र छाँयालीका ७ घर जोखिममा रहेको बताउँदै मेलम्ची ८का वडाध्यक्ष ठंकराज गिरीले उनिहरुलाई तत्काल अस्थाई बासको व्यबस्था गर्नुपर्ने बताउनुभयो । यसअघि जिल्ला विपत व्यवस्थापन समितीलाई जानकारी गराई बस्तीको विज्ञ सहित अनुगमन गर्न आग्रह गरिएको तर कार्यान्वयन नगरेको उहाँको भनाई छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराई प्रमावितलाई अस्थाई बसोबासको व्यबस्था मिलाउन लागिपर्ने बताउनुभयो ।