बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रम देउवा : सुशासन कायम गर्न निर्देशन

एक्सप्रेस पाना
आषाढ ३, २०७९ शुक्रबार
  • 220
    SHARES
  • प्रम देउवा : सुशासन कायम गर्न निर्देशन

    असार ३ महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । 

    images

    नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरे । 

    जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनानुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे । कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।

    images