बुधबार, कार्तिक १९ गते २०८३
images
images

युएईका राजकुमार झापामा

एक्सप्रेस पाना
आषाढ ४, २०७९ शनिबार
  • 397
    SHARES
  • युएईका राजकुमार झापामा

    असार ४ झापा । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम शनिबार बिहान श्री एयरलाइन्सको जहाजबाट झापा आइपुगेका छन्।

    images

    बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको निमन्त्रणामा युएईका राजकुमार मक्तोउम झापा आएका हुन्। राजकुमार मक्तोउमको टोलिमा ७ जना छन्।  पूर्वाञ्चल क्यान्सर अस्पतालले सम्पूर्ण क्यान्सरसम्बन्धी प्रयोग हुने उपकरण उद्घाटन गर्न लागेको छ। राजुकमार मक्तोउमले आइतबार (भोलि) पूर्वाञ्चल क्यान्सर अस्पतालमा आयोजना हुने एक समारोहका बीच पेपेटको सिटिस्क्यान गर्ने मेसिन उद्घाटन गर्नेछन्।

    सञ्चालक प्रसाईंका अनुसार यीबाहेक उनका अन्य कार्यक्रम पनि छन्। तीन दिने भ्रमणका दौरान नेपाल आएका राजकुमार पोखरा जाने र त्यसको सम्पूर्ण चाँजोपाँजो बिएण्डसीले मिलाएको सञ्चालक प्रसाईंले बताए। यसअघि प्रसाईं युएई भ्रमणमा गएका थिए। त्यहाँ गएपछि राजकुमार मक्तोउम नेपालको भ्रमणमा आउने तय भएको प्रसाईंले बताएका थिए ।

    images