बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादी केन्द्रले दियो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

एक्सप्रेस पाना
आषाढ ४, २०७९ शनिबार
  • 293
    SHARES
  • माओवादी केन्द्रले दियो नवनिर्वाचित  जनप्रतिनिधिलाई बधाई

    असार ४ हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । नेकपा माओवादी केन्द्रको हेटौंडा ४ स्थित पार्टी कार्यालमा आयोजित कार्यक्रममा उनीहरुलाई खादा र टिका लगाएर बधाई ज्ञापन गरिएको हो ।

    images

    कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रमिला पुलामी,आसा नेपाली,बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु),मकवानपुर संयोजक सर्केश घलान लगायतको आतिथ्यताा रहेको थियो ।

    मकवानपुरको दश स्थानीय तहमा एकसय २६ जना जनप्रतिनिधि निर्वाचित भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिनले बताए । उनका अनुसार एक मेयर,एक पालिका अध्यक्ष,पाँच पालिका उपाध्यक्ष र २४ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । ९५ जना वडा सदस्य, ८ जना कार्यपालिका सदस्य मनोनित र एक जना जिल्ला समन्वय समितिको सभापति निर्वाचित भएको पाख्रिनले बताए ।

    images