भाद्र ६ सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
स्थानीय स्वास्थ्यचौकीमा दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्वास्थ्यचौकीले सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौं पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो ।
पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिनुभयो । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उद्धार उहाँलाई उद्धार गरिएको हो ।अविरल वर्षाले सडकमा पनि क्षति पुयाएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।
.jpg)


