बुधबार, भाद्र २४ गते २०८३
images

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जनालाई ३० लाख बीमा रकम भुक्तानी

एक्सप्रेस पाना
आषाढ ६, २०७९ सोमबार
  • 335
    SHARES
  • एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जनालाई ३० लाख बीमा रकम भुक्तानी

    असार ६ काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जनालाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरलेकुल ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्ने यस बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता केएमसी एम्बेसडर खोलेका पुष्कर सापकोटाज्यू र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता डाइमण्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाल रहेकी छन् । 

    images

    निज लाभदायीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,०६० जना भन्दा बढीले घातक रोग बीमा वापत २ करोड १० लाख, दुर्घटना बीमा वापत ४० लाख र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ५ करोड ११ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा १८ वटा घातक रोगहरूकोबीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक सामू ल्याएको छ । यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिब, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

    images

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत्बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

    जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाब, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

  • सम्बन्धित विषय:

  • # बैंक