बुधबार, कार्तिक १९ गते २०८३
images
images

भरतपुर मेयर रेनु दाहालले सार्वजनिक गरिन् यस्तो नयाँ योजना

एक्सप्रेस पाना
आषाढ ८, २०७९ बुधबार
  • 471
    SHARES
  • भरतपुर मेयर रेनु दाहालले सार्वजनिक गरिन् यस्तो नयाँ योजना

    असार ८ चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर क्षेत्रभित्र छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान सम्पन्न गर्ने नयाँ योजना रह्को बताएकी छन् । चितवन उद्योग संघले मंगलबार आयोजना गरेको प्रमुख तथा उप–प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।

    images

    प्रमुख दाहालले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २ सय ५० किलोमिटर सडकमा ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको जानकारी दिइन् ।

    महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रसँग गहन छलफल चलिरहेको उल्लेख गरिन् । प्रमुख दाहालले व्यवसाय र घरबाहाल करलाई व्यवस्थित बनाउन चितवन उद्योग संघलाई समेत आग्रह गरिन् । करको दायरालाई व्यवस्थित गर्ने सवालमा सबैलाई एकै ठाउँमा उभिन पनि प्रमुख दाहालले आग्रह गरिन् ।

    images

    कार्यक्रममा संघले भरतपुर महानगरपालिकाको समृद्ध विकासको लागि केही नीतिगत सुझावहरु समेत दिएको छ । संघले औद्योगिक ग्राम स्थापना र नेपालकै पहिलो औधोगिक पाठशालालाई सहयोग गर्नुपर्ने, सडकमा भएका बिजुलीका तार र टेलिफोनका तारहरुलाइ संरक्षण गर्न महानगरको ध्यानाकर्षण गराएको छ ।

    त्यस्तै हाटबजारमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने, महानगरको वेभ पोर्टलमा स्थानीय उत्पादनको बारेमा तथ्यांक राख्ने वातावरण मिलाउने लगायतका विषयमा महानगरले सहयोग गर्न संघले आग्रह गरेको छ ।