बुधबार, कार्तिक १९ गते २०८३
images
images

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरका विषयमा छलफल हुने

एक्सप्रेस पाना
आषाढ ८, २०७९ बुधबार
  • 320
    SHARES
  • सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरका विषयमा छलफल हुने

    असार ८ काठमाडौं । सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    images

    बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन्। बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन् ।

    बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो। एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । साथै उनले नयाँ मन्त्रीका रुपमा नेताहरुको नाम समेत टुङ्ग्याइसकेको छ ।

    images

    यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दवाव बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बुझिएको छ ।