आइतबार, कार्तिक १६ गते २०८३
images
images

१० महिने शिशु अपहरण गर्ने अभियुक्त पक्राउ

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 295
    SHARES
  • १० महिने शिशु अपहरण गर्ने अभियुक्त पक्राउ

    भाद्र ६ काठमाडौं । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका ३ का २५ वर्षीय दानबहादुर रोका रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए। अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए।

    images

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा ३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिए। घटना निकै गम्भीर र संवेदनशील छ’, उनले भने, अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौं।’