आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादीले तोक्यो प्रदेशका रिक्त पदाधिकारी र जिल्ला इन्चार्ज

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 374
    SHARES
  • माओवादीले तोक्यो प्रदेशका रिक्त पदाधिकारी र जिल्ला इन्चार्ज

    भाद्र ६ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ । आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए ।

    images

    त्यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता श्रेष्ठले बताए । केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निर्णय भएको उनले बताए ।

    केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि श्रेष्ठले बताए । जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धी प्रदेश समितिलाई दिइएको उनको भनाइ छ ।

    images

    त्यस्तै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहमा पठाइने जानकारी दिए ।

    बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै प्रवक्ता श्रेष्ठले सरकार विस्तारमा ढिलाइ भएको तर अब छिट्टै पूर्णता दिने दाबी पनि गरेका छन् ।