बुधबार, भाद्र २४ गते २०८३
images

टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

एक्सप्रेस पाना
आषाढ ९, २०७९ बिहीबार
  • 398
    SHARES
  • टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

    असार ९ काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि दुई हजार शुल्क रहेकामा टेलिकमले ४०० घटाएको हो ।

    images

    यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर दुई हजार ३०० रहेकामा एक हजार ६०० बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको दुई हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९०० रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल दुई हजार ७०० रहेकामा रु दुई हजार ४०० बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपीएसको दुई हजार ४०० रहेकामा दुई हजार १००, १०० एमबिपीएसभन्दा बढीको दुई हजार १०० रहेकामा एक हजार ८०० कायम गरिएको छ ।

    नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता बराबर रहननाका साथै २४ सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम