आइतबार, कार्तिक १६ गते २०८३
images
images

भीमफेदीको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनीक

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 529
    SHARES
  • भीमफेदीको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनीक

    असार १० मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनीक गरिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा शुक्रबार आयोजित नवौं गाउँसभामा उपाध्यक्ष राजिव श्रेष्ठले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

    images

    गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलीक र सामाजिक अवस्था कोभिड–१९ र मनसुनजन्य जलउत्पन्न प्रकोपबाट सृजित चुनौति तथा गाउँपालिकाको बिशेष प्राथमिकतामा परेका विषयलाई आधार मानि आर्थिक वर्ष २०७९÷८० को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमलाल महर्जनले बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका पक्षहरुलाई महत्व दिको उहाँले बताउनुभयो ।

    हेर्नुहोस् नीति कार्यक्रमको पूर्णपाठ

    images

    नीति-तथा-कार्यक्रम-भीमपफेदी.pdf :To download file click here