भाद्र ७ काठमाडौं । प्रत्येक वर्ष भाद्राकृष्ण प्रतिपदाका दिन मुलुकभर यो पर्व धुमधामसाथ मनाइन्छ। गाईजात्रा नेवार समुदायको विशेष पर्व आज (सोमबार) परेको छ ।
काठमाडौं उपत्यकाका, भक्तपुर, ललितपुरसहित विशेष गरेर नेवार समुदायको बसोबास रहेका स्थानमा गाईजात्रा पर्व मनाइन्छ ।
यस दिन मृत्यु भएको एक वर्ष पूरा नभएकाको परिवारका सदस्यले मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्न मनाउँछन् । साथै मृतक आफन्त एवं परिवारका सदस्यको सम्झनामा उनीहरुको तस्बिर राखेर पुत्लाहरु बनाउँदै आआफ्ना ठाउँमा परिक्रमा गराउने प्रचलन छ ।
मृतक आफन्तको प्रतिमासहित गाईको स्वरूपलाई सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दूध, चिउरा, रोटी, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ । यसरी नगरपरिक्रमा गराउँदा मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
कहिले बाट सुरु भयो गाईजात्रा ?
गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएका हुन् । राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकमा परेकी आफ्नी रानीलाई फकाउन र हाम्रो छोराजस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू,’ भनी आज्ञा दिएको विश्वास गरिन्छ ।
यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाईजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप आजसम्म सोही परम्परा अनुसार यस पर्व मनाइँदै आएको छ । आजदेखि आठ दिनसम्म लगातार विभिन्न जात्रालाई पर्वका रूपमा मनाउने प्रचलन छ ।
गत बर्ष झैं यो बर्ष पनि कोरोना महामारीका कारण गाईजात्रा पर्व मनाउन समस्या भइरहेको छ । गाईजात्रा भिडभाड गरेर धुमधाम मनाउन पाइएको छैन । सरकारले पनि कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सजकता अपनाउँदै र भिडभाड नगरिकन पर्वहरु मनाउन सबैमा आग्रह गरेको छ ।
सार्वजनिक बिदा
गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ।
गाईजात्रा पर्व मनाइँदै
भाद्र ७ काठमाडौं । प्रत्येक वर्ष भाद्राकृष्ण प्रतिपदाका दिन मुलुकभर यो पर्व धुमधामसाथ मनाइन्छ। गाईजात्रा नेवार समुदायको विशेष पर्व आज (सोमबार) परेको छ ।
काठमाडौं उपत्यकाका, भक्तपुर, ललितपुरसहित विशेष गरेर नेवार समुदायको बसोबास रहेका स्थानमा गाईजात्रा पर्व मनाइन्छ।
यस दिन मृत्यु भएको एक वर्ष पूरा नभएकाको परिवारका सदस्यले मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्न मनाउँछन् । साथै मृतक आफन्त एवं परिवारका सदस्यको सम्झनामा उनीहरुको तस्बिर राखेर पुत्लाहरु बनाउँदै आआफ्ना ठाउँमा परिक्रमा गराउने प्रचलन छ ।
मृतक आफन्तको प्रतिमासहित गाईको स्वरूपलाई सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दूध, चिउरा, रोटी, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ । यसरी नगरपरिक्रमा गराउँदा मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
कहिले सुरु भयो गाईजात्रा ?

.jpg)