असार ११ काठमाडौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाए पछि युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई ले सरकारको ध्यानाकर्षण गर्दै आन्दोलनमा सहभागीहरुलाई धन्यवाद दिएका छन् ।
प्रवक्ता राईले "मुसलधारे पानी झरी नभनी हामीले चर्को मुल्य वृद्धिको विरुद्ध बालुवाटारमा "थाल ठटाएर" सरकार र प्रधानमन्त्री देउवाको बिरोध गरेका थियौ । प्रतिकुल मौसमका बावजुत संघका कमरेड साथीहरूले आन्दोलनमा खेल्नु भएका भुमिकाको उच्च सम्मान साथै धन्यवाद प्रकट गर्दछु । निरन्तर झरीमा रुझेका कारण हाम्रा धेरै साथीहरू रुघा खोकी र ज्वारोले ग्रसित छ्न । यधपी हामीले गरेको आन्दोलनले सार्थकता पाएको छ। आजै मात्र सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । फेरि पनि गरिबि-महंगि, कालाबजारी र भ्रष्टाचारको चपेटा परेको नेपाली जनजीवनलाई हेक्का राख्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु ।"
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । असार ७ र ८ गते पेट्रोलीयम पदार्थ मुल्य वृद्धिको बिरोधमा बालुवाटार स्थित प्रम निवास केन्द्रित थाल ठटाइ कार्यक्रम गरेका थिए ।
.jpg)


