आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 299
    SHARES
  • आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    भाद्र ७ काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्युन चापिय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाले अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

    images

    आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, आज राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images

    हाल मौसमको अवस्था 

    हाल देशभर सामान्य बदली रहि  प्रदेश नं १, बागमती,  गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।