बुधबार, भाद्र २४ गते २०८३
images

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा

एक्सप्रेस पाना
आषाढ १२, २०७९ आइतबार
  • 416
    SHARES
  • आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा

    असार १२ काठमाडौं । स्थापना कालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफ इन्स्योरेन्स कं.लि.ले एक प्रेस बिज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुनेबीमालेख भएको सार्वजनिक गरेकोछ ।

    images

    बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथोबर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त बिज्ञप्ति माफ्रत बताए।

    खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि उन्ले दिए ।

    images

  • सम्बन्धित विषय:

  • # IMELIFE