असार १२ हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरको आयोजनामा एतिहासिक मकवानपुर गढि दर्वार परिसर्मा सर्फाइ कार्यक्रम तथा नेपालको झणडा परिवर्त गरिएको छ ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य किशिन घिसिङ, अनेरास्ववियु मकवानपुर सचिब पुष्कर तिमल्सिना, अनेरास्ववियु मकवानपुर स्वयम् सेवक विभाग प्रमुख मनिश मान श्रेष्ठ, हेटौंडा उपमहानगर कमिटी सह(संयोजक सागर गौतम, मकवानपुर ब। क्याम्पस सचिब प्रसिद्ध रेग्मी तथा विद्यार्थी नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
आन्तरिक तथा बैदेशी पर्यटनहरुले मकवानपुर गढी दर्बार क्षेत्रमा फोहर मैला थुप्रियेक र दर्बार क्षेत्र निकै फोहोर अवस्थामा रहेको हुनाले सर्सफाइ गरिएको हो भने दर्बार क्षेत्रमा रहेको नेपालको झणडा समेत पुरानो भै क्रुप अवस्थामा रहेको देखिएकोले सर्सफाइ तथा झन्डा परिवर्तन गरिएको अनेरास्ववियु मकवानपुर स्वयम सेवक विभाग प्रमुख मनिश मान श्रेष्ठले जान्कारी दिनु भएको हो ।
नेपालमा ठूला–साना गरी करीब दुईसय गढी छन्। ती सबैका आ–आफ्नै महत्व छन्। त्यस हिसाबले पनि मकवानपुर गढीको महत्व फरक छ ।
आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुर गढी हो। परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरुप मकवानपुरगढीले तत्कालीन समयको सामरिक महत्व तथा सुरक्षात्मक दूरदर्शिता झल्काएको देखिन्छ ।यस नजिकै रहेको ऐतिहासिक ढुङ्गेगढी र रानीगुफाको अवलोकन आफ्नै महत्व रहेको छ ।
ऐतिहासिक गढीको संरक्षणले नयाँ पुस्तालाई विगत जान्ने अवसर दिनुको साथै पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने गरेको छ ।दुःखको कुरा आज मकवानपुर गढीलाई ओझेलमा पार्ने काम नेपाल सरकारबाटै भएको छ।
.jpg)


