आइतबार, कार्तिक १६ गते २०८३
images
images

८ महिने शिशुसहित एक दम्पती झुन्डिएको अवस्थामा फेला

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 349
    SHARES
  • ८ महिने शिशुसहित एक दम्पती झुन्डिएको अवस्थामा फेला

    भाद्र ७ झापा । झापामा झुन्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । ८ महिने शिशुसहित एक दम्पतीको शव फेला परेको हो । झापाको कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मिना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।

    images

    घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो रहेको प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।