भाद्र ७ काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन,निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न आग्रह गरेको छ ।
यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुसल आ आफ्नो देश फिर्तिका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरि एकिकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको छ । यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराइएको छ ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न रहेको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् ।
.jpg)


