आइतबार, कार्तिक १६ गते २०८३
images
images

पोखराबाट सिमरा सिधा हवाई सञ्चालन हुने 

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 222
    SHARES
  • पोखराबाट सिमरा सिधा हवाई सञ्चालन हुने 

    भाद्र ७ पोखरा । अब पोखराबाट सिमराको सिधा हवाई जहाज सञ्चालन हुने भएको छ । बुद्ध एयरले आगामी भदौ १६ गतेदेखि पोखराबाट सिमराको लागि सिधा उडान गर्ने भएको हो । 

    images

    महत्त्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज तथा भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै बुद्ध एयरले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शुरुवातमा साताको तीन दिन अर्थात् आइतबार, बुधवार र शुक्रवार उडान भर्ने र यात्रुको मागअनुसार दैनिक उडान भर्ने तयारी रहेको बुद्ध एयरले जनाएको छ । 

    पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे गर्ने समय तोकिएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरालाई अन्य प्रदेशसँग सिधा हवाई मागबाट जोड्ने अभियानलाई तीव्रता दिएको छ । 

    images

    यसअघि पोखरा बाट भैरहवा, भरतपुर, नेपालगञ्ज सिधा उडान विस्तार गरेको बुद्ध एयरले अबदेखि सिमराको लागि पनि उडान भर्ने छ । उडानबाट नेपाल र भारत दुई देश तथा नेपालका दुवै प्रदेशका जनता लाभान्वित हुने विश्वास छ ।