आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
आषाढ १६, २०७९ बिहीबार
  • 326
    SHARES
  • प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

    असार १६ काठमाडौं । साताको पाचौ दिन नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।